Ex-Students Article

Sep 11 , 2018

विधाः गजल

बुवाका केही भनाइहरु सम्झदै, भू.पू. विद्यार्थी कृष्णराज बरालः सन्दर्भ पितृ अाैंसी 

http://annapurnamavi.edu.np/content/uploads/images/Krishna_Raj_Baral.jpg 

नआत्ति छोरा एक दिन त पक्कै पालो आउँछ,
तेरो पनि आङ ढाकिने गरी नयाँ टालो आउँछ ।

गितार बोक्लास् छोरा बोक्लास् ल्यापटप पनि,
सधैं तेरै पिठ्युँमा मात्रै कहाँ डोको डालो आउँछ ।

जिम्मेवारी के हो मायाँ के हो पाउनेछ्स् थाहा,
जब तेरो काँधमा मायाले रोपेको बालो आउँछ ।

आफ्ना इष्ट मित्र देउ पितृ ख्याल गरेस् राम्ररी,
म बूढो हुदैछु मेरो आँखामा अब जालो आउँछ ।

यो संसारको नियम यस्तै छ बिचलित नहुनु,
म जस्तो उमेर पाकेका जान्छन् आलो आउँछ ।

© 2018 Annapurna Secondary School. All rights reserved.

Visitor Count Must See Places In Paris

WEBSITE BY BIHANI TECH